ताइवानद्धारा चिनीयाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध

बुद्धबार, मंसिर २६, २०७५ साल,
अमेरिकाको नजिकी र चीनको कट्टर विरोधी ताइवानले सुरक्षा समस्याका बीच चिनीयाँ कम्पनी हुवावे र जेडटीईको नेटवर्क उपकरणहरुमा प्रतिबन्ध लगाएको छ ।

योभन्दा पहिले अमेरिका, व्रिटेन, जापान, न्यूजिल्याण्ड र अस्ट्रेलियाले यो कदम उठाइसकेको छ । १७० देशमा कारोबार गर्ने चिनियाँ दुरसञ्चार उपकरण कम्पनीका लागि यो ठूलो झट्का हो ।

ताइवानले यो कदम यस्तो समयमा उठाएको छ, जब हुवावेकी उपप्रमुख मेंग वानजाउको गिरफ्तारीलाई लिएर अमेरिका र चीनमा तनाव कायम छ ।

ताइवान सरकारले भनेको छ कि, अरु कयौँ देशमा पनि हुवावेमाथि यस्तो प्रकारको प्रतिबन्ध लगाइएको छ । उता ताइवानमा राष्ट्रिय सुरक्षासँग जोडिएको संकट अधिक गहिरो छ । किनकि चीनले ताइवानलाई आफ्नो हिस्सा बताउदै आइरहेको छ र उसलाई आफ्नो नियन्त्रणमा लिनका लागि सैन्य कारबाहीको पनि धम्की दिदैँ आएको छ । यस्तोमा यस्ता कम्पनीमाथि व्यापार गर्नका लागि ५ बर्षको प्रतिबन्ध लगाइएको छ ।

उता हुवावेकी उपप्रमुख तथा प्रमुख वित्तिय अधिकारी मेंग वानजाउमाथि इरानसँगको कारोबारमा अमेरिकी प्रतिबन्धको उल्लंघन गरेको आरोप रहेको छ । एजेन्सी

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411