पेट्रोलियम पदार्थको मूल्य घट्यो

शुक्रबार, पौष ४, २०७१ साल,
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा सात रुपियाँ र डिजल र मट्टितेलमा साढे पाँच रुपियाँ घटाएको हो। यसअघि पेट्रोलको मूल्य १ सय २३ र डिजलको ९७.५० रुपियाँ थियो। आयल निगमको निर्णयसँगै उपभोक्ताले प्रतिलिटर १ सय १६ रुपियाँमा पेट्रोल र ९२ रुपियाँमा डिजल र मट्टितेल पाउनेछन्।

त्यस्तै हवाइ इन्धनमा १० रुपियाँ घटाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए। यसअघि हवाइ इन्धनको मूल्य १ सय ४३ रुपियाँ थियो। अब यसको मूल्य १ सय ३३ रुपियाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीलगायतलाई भेटेर मूल्य घटाउन दबाब दिँदै आएको थियो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411