दोहा बैंकको कार्यालय काठमाडौंमा, अब कतारबाट सिधै आफ्नो खातामा पैसा पठाउन सक्ने

बुद्धबार, मंसिर १२, २०७५ साल,
काठमाडौं । कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय संचालनमा ल्याएको छ। थापाथलीमा कार्यालय संचालनमा ल्याई काम सुरु भए पनि डिसेम्वरको अन्तिममा मात्रै औपचारिक घोषणा गरिने भएको हो।

‘बैंकको स्वीफ्ट कोडमार्फत दोहा बैंकका अन्य शाखाहरुसँग जोडिन सहजकर्ताको रुपमा काम जानकारी दिएको छ । हाल नेपालका एक दर्जन बढी वाणिज्य बैंकहरुसँग आरएमए (रिलेसनसिप म्यानेजमेन्ट एप्लिकेसन) को काम भइसकेको छ ।

सम्पर्क कार्यालय संचालनमा आइसकेकाले अब यहाँका बैंकहरुलाई दोहा बैंकका शाखा कार्यालय रहेका देशहरुमा समेत विश्वास बढ्ने बैकले जानकारी दिएको छ।

यो कार्यालय खुलेसँगै कतारमा काम गर्ने लाखौं नेपालीले सिधै आफ्नो खातामा पैसा पठाउन सक्नेछन्।  नेपालीले त्यहाँको बैंकमार्फत् सीधै यहाँस्थित आफ्नो खातामा रकम पठाउन सक्नेछन । यसरी रकम पठाउँदा अन्य रेमिट्यान्स कम्पनीहरुमा जस्तो खर्चिलो हुँदैन। दुई देशका बैंकहरुबीच कार्यालयले सहकार्य गराइसकेपछि सिधै त्यहाँका बैंकमार्फत यहाँ आफ्नो खातामा रकम जम्मा हुनेछ।

नेपालमा रहेको सम्पर्क कार्यालयले प्रत्यक्ष रुपमा कुनै पनि आर्थिक कारोबार भने गर्ने छैन। उद्योगी, व्यवसायी वा अन्य सर्वसाधारण प्रत्येक्ष रुपमा यस कार्यालयमा जोडिन अर्थात कारोबार गर्न पाउँदैनन्।

दुई देशका बैंकहरुबीच कार्यालयले सहकार्य गराइसकेपछि सिधै त्यहाँका बैंकमार्फत यहाँ आफ्नो खातामा रकम जम्मा हुनेछ।

यसले कतारमा रहेका लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि समेत विश्वास बढ्ने कार्यालयले जनाएको छ। जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा कतारबाट आउने लगानीलाई यसले सहजता प्रदान हुनेछ।

नेपालसहित, श्रीलंका, बंगलादेश, जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अष्ट्रेलिया, टर्की, बेलायत, क्यानडा र जर्मनीमा दोहा बैंकका सम्पर्क कार्यालय संचालनमा छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411