​विज्ञापन संघको अध्यक्षमा सन्तोष श्रेष्ठ निर्वाचित

शुक्रबार, पौष ४, २०७१ साल,
काठमाडौं, पौष ४ - नेपाल विज्ञापन संघ (आन)को १५औं अधिवेशनबाट सन्तोष श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । उनले संघको विहीबार भएको निर्वाचनमा १३७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी रविन्द्रकुमार रिजालले ११८ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा मोहम्मद अख्तर र उदय शाक्यले बराबर १२७/१२७ मत प्राप्त गरेका छन् ।

महासचिवमा नारायणकुमार श्रेष्ठ, सचिवमा धीरज लामिछाने, कोषध्यक्षमा यादवकुमार श्रेष्ठ, सहसचिवमा यमुना पौडेल निर्वाचित भएका छन् ।

पंकज प्रधान, मुना श्रेष्ट, रोशन प्रसाइँ, सालिकराम घिमिरे, निनु राजभण्डारी, रमेश पुरी ‘आन’को सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411