‘कालो सुन’को करामत, उकासियो आर्थिक हैसियत

शनिबार, मंसिर ८, २०७५ साल,
लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङको दिनचर्या अलैंची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैंची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन्, रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन् ।

मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष श्रम बेचे । तर, आर्थिक हैसियत उकासिएन । अहिले ३५ रोपनी क्षेत्रफलमा लगाएको अलैंचीबाट उनी घरमै बसेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैंची खेती थाल्ने अर्का सफल कृषक हुन् । उनले पनि वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी अलैंची खेतीबाटै गरिरहेका छन् ।

अजय तामाङ गाउँगाउँमा सुरु भएको अलैंची खेतीको लहरसँगै १० वर्षअघि परिवारसहित गाउँ फर्किए । एक रोपनी जग्गाबाट सुरु भएको अलैंची खेती अहिले ४० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411