माछापुछ्रे बैंकले १० प्रतिशत नगद लाभांस दिने

बिहीवार, मंसिर ६, २०७५ साल,

काठमाडौं । वाणिज्य बैंकहरुले एक पछि अर्को गर्दै आफ्ना शेयरधनीलाई बितरण गर्ने प्रतिफल प्रस्ताव गर्न थालेका छन् । यस क्रममा बिहीबार मात्र लाभांस प्रस्ताव गर्ने बैंकका रुपमा माछापुछ्रे बैंक दोस्रो बनेको छ ।

ब्जारमा लगानीकर्ता बोनसको अपेक्षामा बसिरहेका बेला माछापुछ्रेले नगद लाभांस मात्र विबतरण गर्ने प्रस्ताव गरेको हो । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको शेयर धारण गर्नेहरुले प्रतिकित्ता १० रुपैंयाका दरले लाभांस पाउने छन् । बैंकको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले अनुमोदन गरे पछि लगानीकर्ताले पाउने छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411