एनएमबि बैंकले लाभांश प्रस्ताव गर्यो

बिहीवार, मंसिर ६, २०७५ साल,
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। मंसिर ५ गते बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैंकले २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

एनएमिब बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८१ करोड २९लाख रुपैयाँ लाभांश क्षमता बनाएको थियो ।

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैँया छ । प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी  ९ अर्ब ६१ करोड ८१ लाख नाघ्नेछ ।

एनएमबि बैंकले अघिल्लो वर्षको नाफाबाट बैंकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411