कसमस विकास बैंक नौमहीनामा १ करोड ८० हजार ६४ रुपियाँ नाफा

शुक्रबार, बैशाख ४, २०७२ साल,
गोरखा ।  जिल्लाको कसमस विकास वैङ्कले बिगत ९ महीना यता १ करोड ८० हजार ६४ रुपियाँ नाफा कमाएको छ । वैङ्कले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैङ्कको प्रगति विवरणमा सो जानकारी गराएको हो । 

सो कार्यक्रममा बोल्दै वैङ्कका कार्यकारी अधिकृत हृदयराज घिमिरेले वैङ्कको निक्षेप ३७ करोड ८७ लाख ४३ हजार सात रुपियाँ र कर्जा ३४ करोड १० लाख, ७४ हजार आठसय पाँच रुपियाँ रहेको जानकारी दिए ।

१४ हजार ग्राहक संख्या रहेको उक्त वैङ्कको चुक्तापूँजी चार हरोड ३७ लाख ५० हजार रहेको छ । कसमस विकास वैङ्कले विभिन्न १४ प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ । विपन्न वर्गका लागि बिना धितो लघुकर्जा, सुनचाँदी कर्जा, व्यबसाय कर्जा, कृषि कर्जा, घर जग्गा कर्जा, हायरपर्चेज कर्जा, वैदेशिक रोजगार कर्जा, मुद्धति रसिद धितो कर्जा, ओभरड्राफ्ट सुबिधा सञ्चालन गरेको वैङ्कका कार्यकारी प्रमुख घिमिरेले जानकारी दिए ।

साथै राष्ट्र वैङ्कको नीति अनुसार वैङ्कले सबै वैङ्कको चेक यस वैङ्कबाट क्लियरिङ हुने र कसमस वैङ्कको चेक सबै वैंकवैङ्कबाट क्लियरिङ हुने ९इसीसी० प्रविधिको विकास गरेको छ । ‘देशभरका सबै वैङ्कको दुईलाख रुपियाँसम्मको चेक हाम्रो वैङ्कमार्फत क्लियरिङ हुने र हाम्रो चेक देशका सबै वैङ्कमा क्लियरिङ हुने प्रविधिको विकास गरेका छौं’ घिमिरेले भने ।

वैङ्कले बिभिन्न रेमिट्यान्स कम्पनीहरु मार्फत रकम पठाउने र पाउन सकिने सुबिधा पनि प्रदान गर्दै आएको छ । सदरमुकामको हरमटारीमा प्रधान कार्यालय रहेको यस कसमस वैङ्कले आरुघाट, घ्याम्पेशाल र पालुंटारमा शाखा कार्यालयहरु सञ्चालन गरेको छ । त्यस्तै छेपेटारमा एक्स्टेन्सन काउण्टर सञ्चालन गर्दै आएको जानकारी दिएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411