नेपाल बंगलादेश बैंकको नाफा ३१ प्रतिशतले बढ्यो

बिहीवार, कार्तिक २९, २०७५ साल,
काठमाडौ । नेपाल बंगलादेश बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ३० करोड १९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा ३१ दशमलव ४० प्रतिशत वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २२ करोड ९७ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको नाफा बढ्दा लाभांश क्षमता बढाएको छ । यस आव वर्षको पहिलो त्रैमासमा बैंकले २२ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा करिब ४३ प्रतिशतले बढी हो । ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब ६ करोड ४० लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा ४७ अर्ब ६ करोड ९६ लाख रुपैयाँ संकलन गरी कर्जामा ४८ अर्ब ४१ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेप ११ प्रतिशतले बढाउँदा कर्जा भने दोब्बर २२ प्रतिशतले बढाएको छ । बैंकको निक्षेप र कर्जा विस्तार निकै असन्तुलित देखिन्छ । बैंकले कर्जा निक्षेप अनुपात ७९ दशमलव ४७ प्रतिशत छ । यसको मतलब बैंक थप कर्जा प्रवाह गर्ने अवस्थामा देखिदैन् ।

बैंकले खुद ब्याज आम्दानीमा १०१ दशमलव ३४ प्रतिशतले वृद्धि गरी ६९ करोड ३ लाख रुपैयाँ पुर्याएको छ भने संचालन मुनाफामा ३८ दशमलव ०३ प्रतिशतले वृद्धि गरी ४५ करोड ६ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव ९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५० दशमलव २४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० गुणा कायम भएको छ ।

बैंकको आधार ब्याजदर १० दशमलव ८४ रुपैयाँ र कोषको लागत ७ दशमलव ४३ रुपैयाँ रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411