सानिमा बैंकले ३ महिनामा खुद नाफा ३७ प्रतिशतले बढायो, खराब कर्जा अनुपात ०.०८ प्रतिशत

बिहीवार, कार्तिक २९, २०७५ साल,

काठमाडौं । सानिमा बैंकले चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  बैंकले गत वर्ष यसै अवधिमा ३७ करोड ५० लाख खुद नाफा गरेकोमा १४ करोड ३८ लाखले मुनाफा बढाएको हो ।

एनएफआरएस प्रतिवेदन अनुसार सानिमा बैंकले ४६ करोड ४४ लाख रुपैयाँ वितरण योग्य नाफा  आर्जन गरेको छ । गत वर्ष यस्तो रकम ३२ करोड ६९ लाख रहेको थियो ।

चालू आवको प्रथम त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एडजस्टमेन्टमा ५ करोड ४४ लाख व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफाभन्दा घटेको हो । बैंकको चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँमा स्थिर रहेपश्चात बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८ रुपैयाँ २० पैसाबाट २४ रुपैयाँ ४५ पैसामा बढेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.१६ गुणा बढी रहेको छ ।

बैंकले एक अर्ब ४३ करोड ४६ लाखको जगेडा कोष बढाएर ३ अर्ब ३० करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष १३० प्रतिशत बढीले बढेको छ ।

सानिमाले निक्षेप संकलन गत आवको प्रथम त्रैमासमा ६४ अर्ब ६४ करोड ०६ लाख रहेकोमा ८४ अर्ब १६ करोड ३२ लाखमा बढोत्तरी गरेको छ । त्यसैगरि कर्जा परिचालनतर्फ ५८ अर्ब ४१ लाख रहेकोमा बढोत्तरी गरेर ७५ अर्ब ८ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले निक्षेप संकलन ३०.२० र कर्जा विस्तारलाई २९.४५ प्रतिशतले बढेको छ ।

बैंकको कर्मचारी खर्च ७२ तथा अन्य सञ्चालन खर्च ४७ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा १७ करोड ४७ लाख रहेको कर्मचारी खर्च ३० करोड ११ लाख तथा १० करोड ९ लाख रहेको अन्य सञ्चालन खर्च १४ करोड ८८ लाखमा बढेको हो ।

गत आर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा ०.१४ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.०८ प्रतिशतमा झरेको छ ।

बैंकले खुद ब्याज आम्दानीबाटै ९७ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ५२ करोड २७ लाख ब्याज आम्दानी गरेर १ अर्ब ५४ करोड ९५ लाख ब्याज खर्च गरेको हो । गत आर्थिक वर्षको प्रथम त्रैमास अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४ करोड २६ लाख रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३ करोड ५८ लाख रुपैयाँले बढाएको हो ।

गत आवको प्रथम त्रैमासमा बैंकको निक्षेप लागत ७.४३ प्रतिशतबाट ७.४८ मा बढेको छ भने आधार ब्याजदर १०.२७ बाट १०.५५ प्रतिशतमा बढेको छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.१४ प्रतिशत छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७८.८८ प्रतिशत रहेको थियो ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411