मोबाइल सेवामा एनसेल भन्दा नेपाल टेलिकम उत्कृष्ट

बुद्धबार, कार्तिक २८, २०७५ साल,
काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले गरेको अध्ययनमा नेपाल टेलिकमको मोबाइल सेवा उत्कृष्ट पाइएको छ। तीन वटा मोबाइल सेवा प्रदायकबीच प्राधिकरणले गरेको अध्ययनमा सरकारको स्वामित्वको मोबाइल सेवा उत्कृष्ट पाइएको हो।

प्राधिकरणले चारवटा मापदण्ड बनाएर गरेको अध्ययनमा टेलिकमको सेवा उत्कृष्ट पाइएको थियो।प्राधिकरणका अनुसार कल स्थापित हुने दर, कल स्थापित हुन लाग्ने समय, सम्पर्क विच्छेद हुने दर र कल स्थापित नहुने दरको मापदण्ड बनाएर अध्ययन गरेको थियो।

यो चार वटा मापदण्डमा नेपाल टेलिकमको सेवा उत्कृष्ट पाइएको हो। नेपाल टेलिकमपछि मात्रै निजी सेवा प्रदायक एनसेलको सेवा रहेको पाइएको छ। सबैभन्दा खराबमा स्मार्ट टेलिकमको सेवा रहेको अध्ययनमा देखिएको छ।

प्रतिवेदन अनुसार नेपाल टेलिकमको कल सफलताको दर ९८.२६ प्रतिशत छ । एनसेलको कल सफलताको दर ९७.७७ प्रतिशत र स्मार्ट टेलिकमको ९२.३९ प्रतिशत छ । त्यस्तै, नेपाल टेलिकमले कल स्थापित हुन लाग्ने समयको न्यूनतम स्तर ५ सेकेन्ड अथवा सोभन्दा कम तोकेको छ । नेपाल टेलिकमको नेटवर्कमा कल स्थापित हुन ११.४८ सेकेन्ड, एनसेलमा ४.४८ सेकेन्ड र स्मार्ट टेलिकममा १३.७१ सेकेन्ड लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदन अनुसार, कल स्थापित नहुने दरमा नेपाल टेलिकमको १.७४ प्रतिशत, एनसेलको २.२३ प्रतिशत र स्मार्ट टेलिकमको ७.६१ प्रतिशत रहेको छ । प्राधिकरणले यस्तो कल स्थापित नहुने न्यूनतम स्तर २ प्रतिशत वा सो भन्दा कम हुनुपर्ने भनेको छ ।

अध्ययनमा समावेश गरिएका चार वटा स्तर अनुसार नेपाल टेलिकमको मोवाइल सेवाको गुणस्तर उत्कृष्ट रहेको छ । दोस्रोमा एनसेल र तेस्रोमा स्मार्ट टेलिकम रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411