प्रशासन कार्यालयमा उजुरी: मुसाले धान खायो कार्वाही गरी पाउँ !

बुद्धबार, कार्तिक २८, २०७५ साल,

पर्वत ।  पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।

पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । किसानहरूले मुसाले धान खायो कार्बाही गरी पाउँ भन्दै प्रशासन गुहारेका छन् ।

पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा, कृषि ज्ञान केन्द्र पर्वत र जिल्ला प्रशासन कार्यालयमा मुसा नियन्त्रणका लागि निवेदन दिएका हुन् ।

बल्लतल्ल रोपाइँ गरेर पाक्ने बेलाको धान थन्क्याउने समयमा मुसाले नष्ट गरेपछि लगाएको बाली यत्तिकै छाड्नु परेको स्थानीय किसानले बताएका छन् । मुसाले ५० प्रतिशतभन्दा बढी धान नोक्सान पु(याएको स्थानीय ढाकाराम सुवेदीले बताए। नगरपालिका–८ र १० का बासिन्दाले खेती गर्दै आएको फाँटमा मुसाको समस्या बढेका कारण नियन्त्रणका लागि पहल गरिदिन र क्षतिपूर्तिको माग गर्न आफूहरु प्रशासन कार्यालय आएको कृषक कोमलनारायण पौडेलले बताए ।

सो अवसरमा प्रजिअ गुरुदत्त ढकालले सम्बन्धित शाखाहरुसँग समन्वय गरेर मुसा नियन्त्रणका लागि पहल गर्ने बताए।रासस

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411