कुमारी बैंकले ३ महिनामा खुद मुनाफा ३५ करोड २९ लाख रुपैयाँ गर्यो

बुद्धबार, कार्तिक २८, २०७५ साल,
काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ३५ करोड २९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा १९३ दशमलव २४ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा १२ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।

बैंक ९प्द्यी० को चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँबाट ७ अर्ब १६ करोड ३० लाख रुपैयाँ पुर्याएको छ भने जगेडाकोषमा ३ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ७२ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ संकलन गरी कर्जामा ६७ अर्ब ८२ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । जसले अघिल्लो वर्षको तुलनामा कर्जामा ४५ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा १०६ दशमलव ८३ प्रतिशतले बढेर ८१ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ भने संचालन मुनाफामा १६३ दशमलव १५ प्रतिशतले वृद्धि गरी ५० करोड रुपैयाँ आर्जन गरेको छ । खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुँदा नाफामा पनि वृद्धि गरेको हो ।

बैंकको जोखिम युक्त सम्पत्ति १२ दशमलव ९८ प्रतिशत, निष्कृय कर्जा १ दशमलव १४ प्रतिशत, कर्जा निक्षेप अनुपात ७९ दशमलव ९१ प्रतिशत, आधार ब्याजदर ११ दशमलव ०९ प्रतिशत र कोषको लागत ७ दशमलव ९१ प्रतिशत छ ।
बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा, मुल्य आम्दानी अनुपात १२ दशमलव ८९ गुणा, प्रतिशेयर नेटवर्थ १५५ दशमलव २१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव १७ प्रतिशत रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411