स्ट्याण्डर्ड चार्टर्डको खुद नाफा ३ महिनामा १३ करोड बढ्यो, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ

मंगलवार, कार्तिक २७, २०७५ साल,
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ६३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा बढेपनि उच्च पूँजी वृद्धिको असरले प्रतिशेयर आम्दानी भने गत वर्षको यसै अवधिको तुलनामा १८ रुपैयाँ २९ पैसाले घटेको छ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा ५० करोड ०२ लाख खुद नाफा कमाएको बैंकले अहिले १३ करोड ३९ लाख रुपैयाँले खुद नाफा बढाएको हो ।

गत वर्षको प्रथम त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ९५ पैसा रहेकोमा चालू आवको यसै अवधिमा ३१ रुपैयाँ ६६ पैसामा खुम्चिएको हो । बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात २२.३३ गुणा रहेको छ ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले यस अवधिमा ५८ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकको फ्रि प्रोफिट ४७ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ४ करोड ९६ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको चालू आवको प्रथम त्रैमासमा खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।


विदेशी स्वामित्वको यस बैंकले गत वर्ष शतप्रतिशत बोनस वितरण गरेर ८ अर्ब एक करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको थियो । बैंकको जगेडा कोषमा ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ सञ्चित रहेको छ । बोनस बाँडेपछि बैंकको जगेडा कोष एक अर्ब ६८ करोड २४ लाख रुपैयाँले घटेको छ।

बैंकको निक्षेप संकलन रकम पाँच अर्ब ९५ करोड रुपैयाँले घटेको छ भने कर्जा लगानी सात अर्ब ५२ करोडले बढेको छ । खुद ब्याज आम्दानी पनि नौं करोड १६ लाख रुपैयाँले सुधार भएको छ ।

चालू आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले ६५ अर्ब ४७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४८ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकले एक अर्ब ५० करोड २७ लाख ब्याज आम्दानी गर्दा ६६ करोड तीन लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ८४ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको गत आर्थिक वर्षको प्रथम त्रैमासमा ०.१८ प्रतिशत रहेको खराब कर्जा अनुपात ०.२१ प्रतिशतमा बढेको छ ।

चालू आवको प्रथम त्रैमासमा चार्टर्डको पूँजी कोष अनुपात २३.४४ प्रतिशत, आधार ब्याजदर ८.१४ प्रतिशत र कोषको लागत ४.८२ प्रतिशत र कर्जा निक्षेप अनुपात ६८.३४ प्रतिशत रहेको छ ।




 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411