ग्लोबल आइएमर्इ बैंकको नाफा ३ महिनामा ५२ प्रतिशतले बढ्यो, ५१ करोड ७६ लाख रुपैयाँ कमायो

मंगलवार, कार्तिक २७, २०७५ साल,
काठमाडौं। ग्लोबल आइएमर्इ बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५२.४२ प्रतिशतले नाफा बढाएको छ। बैंकले तीन महिनामा ५१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ थियो।

निक्षेप संकलनभन्दा ऋण लगानीमा एग्रेसिभ देखिएको बैंकको खुद व्याज आम्दानी ५५ प्रतिशतले बढेर एक अर्ब २० करोड रुपैयाँ पुगेको छ। गत वर्ष ७७ करोड ३५ लाख रुपैयाँ थियो। बैंकको निक्षेप ६.२२ प्रतिशतले बढेर एक खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। बैंकको ऋण लगानी १४.५५ प्रतिशतले बढेर ९९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात ०.४६ प्रतिशतले बढेर ११.२७ प्रतिशत छ। आधार व्याज दर १०.५९ प्रतिशत छ। खराव कर्जा १.०५ प्रतिशत छ भने प्रति शेयर आम्दानी ४.६६ रुपैयाँले बढेर २४.११ रुपैयाँ पुगेको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411