नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल ५ बर्षका लागि नियुक्त

सोमबार, कार्तिक २६, २०७५ साल,
काठमाडौं। नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को आइतबारको वैठकले आगामी पाँच बर्षका लागि नेपाललाई नियुक्त गरेको हो।

नेपाल गतचैतमा नेपाल राष्ट्र बैंकबाट अनिवार्य अवकाशपछि बाहिरिएका थिए। राष्ट्र बैंकको सुपरिवेक्षण तथा नियमन विभागहरुमा लामो समय काम गरेका नेपाल निर्देशक पदबाट अवकाश भएका थिए।

नेपाल अर्थशास्त्रमा स्नातकोत्तर हुन्। उनले पोखरा विश्वविद्यालयबाट अङ्ग्रेजीमा एमफिल पनि गरेका छन्। 

कोषको कार्यकारी निर्देशकका लागि नेपालसहित कपिलमणि ज्ञवाली र शेषरमण आचार्यको नाम पनि सिफारिस भएको थियो।


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411