अब दशैंमा मात्र होइन, गाईजात्रा र छठ पर्बमा पनि साट्न पाइन्छ नयाँ नोट

आईतवार, कार्तिक २५, २०७५ साल,
काठमाडौं । नयाँ नोट सटहीमा समेत नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ ।

यसअघि हिन्दू नेपालीको ठूलो पर्व दशैंका बेला ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीहरूले मनाउने पर्वमासमेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।

मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीहरूले मनाउने विभिन्न चाड–पर्व तथा राष्ट्रिय दिवसहरू नयाँ नोट सटही सुविधा प्रदान गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले बताएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार नववर्ष, उभौली पर्व÷वुद्धजयन्ती, गाईजात्रा, गौरा पर्व, हरितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्वरयोमरी पुन्ही–ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फागु पूर्णिमा, घोडेजात्रा, ईद आदि राष्ट्रिय चाड–पर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्न सकिनेछ ।

नयाँ नोट काठमाडौंको थापाथली स्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरूबाट समेत नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411