प्राइम बैंकलाई ओम डेभलपमेन्ट बैंक एक्वायर गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति
आईतवार, कार्तिक २५, २०७५ साल,

काठमाडौं । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको छ ।
दुई बैंकले गत भदौ ३ गत एक्विजिसनमा जाने सम्झौता गरी सैद्धान्तिक सहमतिका लागि भदौ ४ गते राष्ट्र बैंकमा निवेदन दिएका थिए ।
राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम विभिन्न शर्तहरुको अधिनमा रहेर एक्विजिसन प्रक्रिया सम्पन्न गर्न ‘क’ वर्गको प्राइम कमर्सियल र ‘ख’ वर्गको ओम डेभलपमेन्ट बैंकलाई सैद्धान्तिक सहमति दिएको हो ।
दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पूँजी झण्डै दश अर्ब पुग्नेछ । सम्पति तथा दायित्वको मूल्याङ्कन डीडीएबाट शेयर स्वाप तय गरिने बताइएको छ ।
दुई बैंक एक भएपछि बन्ने बैंकको निक्षेप एक खर्ब बढी र कर्जा ८९ अर्ब नाघ्ने छ । बैंकको शाखा सञ्जाल ११६ पुग्नेछ ।