स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश दिने

आईतवार, कार्तिक २५, २०७५ साल,
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले गतबर्षको नाफाबाट प्रतिशेयर १७ रूपैयाँ ५० पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कार्तिक २४ गते बसेको संचालक समितिको ३७६ औं बैठकले उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकको घोषित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

यो बर्ष बाणिज्य बैकहरूले नगद लाभांश मात्र दिने क्रम बढाएका छन् । यस अघि सानिमा र एभरेष्टले पनि लाभांशमात्र घोषणा गरिसकेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411