शैक्षिक प्रमाण पत्र धितोमा कर्जा प्रबाहका लागि राष्ट्र बैंकले कार्यविधि जारी ग¥यो, कसरी लिने शैक्षिक कर्जा ?

शनिबार, कार्तिक २४, २०७५ साल,
राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेर शैक्षिक प्रमाण पत्र धितोमा कर्जा प्रबाहका लागि बैंंकहरुलाई निर्देश गरेको हो ।

अब शैक्षिक बेरोजगारहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण लिई व्यवसाय गर्न सक्नेछन् ।

सरकारले बार्षिक बजेटमा ब्यवस्था गरे बमोजिम शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, व्यावसायिक कृषि तथा पशुपन्छी पालनजस्ता व्यवसाय गर्न सहुलियत ब्याजदरमा कर्जा पाउने छन् ।

योग्य र इच्छुक नेपाली नागरिकले आफ्नो नजिकको बैंक तथा वित्तीय संस्थाबाट सहुलियत दरमा कर्जा लिई व्यापार व्यवसाय गर्न पाउने भएकाले स्वरोजगारहरुको संख्या बढ्ने संभावना देखिएको छ ।

अब बैंक तथा वित्तीय संस्थाले बेराजगारका प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म शैक्षिक कर्जा दिन पाउने भएका छन् ।

शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइने उल्लेख गरिएको छ ।

शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको गरी तोकिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लगायतका निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाणपत्र पेश गरेको हुनुपर्ने शर्त तोकिएको छ ।

कर्जा लिएका युवाले थप अध्ययन गर्न चाहेमा तोकिएको विषयको उच्च शिक्षा, स्वास्थ्य सम्बन्धित विषय, इञ्जिनियरिङसम्बन्धी विषय, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्नुपर्ने छ ।

यो कर्जा ब्यवस्थाले स्वदेशमै रोजगारी सिर्जनामा महत्वपूर्ण आधार खडा हुने अपेक्षा गरिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411