बैंकबाट ‘होम लोन’ निकाल्न के के गर्ने ?

बिहीवार, कार्तिक २२, २०७५ साल,
काठमाडौं । अहिले बैंकहरुले नयाँ घर किन्न वा बनाउन ५० वर्षसम्ममा साँवा–ब्याजको किस्ता तिर्न मिल्ने कर्जा योजना ल्याइरहेका छन् । बैंकहरूले आधार दरमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर आवास कर्जा दिइरहेका छन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन सकिन्छ ।

कर्जा प्रक्रियाका लागि आवश्यक कागजातहरु

  • जग्गाको लालपुर्जा
  • तिरो तिरेको रसिद (जुन वडा कार्यालयमा पाइन्छ)
  • निर्माण इजाजत
  • घरको नक्शापास भएको कागजात
  • ब्लू प्रिन्ट र ट्रेस म्याप
  • तयारी घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र
  • ऋण लिने र ग्यारेन्टी बसिदिने व्यक्तिको नागरिकताको फोटोकपी
  • पासपोर्ट साइजको फोटो
  • आम्दानीको प्रमाणपत्र (आफूले कम गर्ने कम्पनी वा संस्थाबाट लैजाने)
  • ६ महिनाको बैंक स्टेटमेन्ट

धितो मूल्यांकन

बैंकले तपाईंले राख्न चाहेको धितोको मूल्याङ्कन गर्छन् । प्रचलित बजार मूल्य र सरकारी मूल्याङ्कनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात घर र जग्गाको फेयर मार्केट भ्यालुु निकाल्छ बैंकले । सोपछि त्यसको ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण दिन्छन् । अग्रिम ऋण तिर्दा बैंकले ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था छ ।

मासिक किस्ता हिसाब

मासिक किस्ता ईएमआई कति रकम तिर्नुपर्छ भनेर सजिलै निकाल्न सकिन्छ । यसका लागि स्मार्ट फोनमा कुनै ईएमआई क्यालकुलेटर एप्लिकेशन डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । बैंकहरूको वेबसाइटमा पनि इएमआई क्यालकुलेटर राखेको हुन्छ । त्यहाँ तपाईंले मासिक किस्ताको हिसाब निकाल्न सक्नुहुन्छ । तपाईंसँग बीचबीचमा आम्दानी बढ्यो भने कर्जा अवधिलाई घटाउन पनि सक्नुहुन्छ । वा अलिक बढी रकम भए त्यो तिरिदिएर बाँकी ऋणको ब्याज र किस्ता पनि तिर्न पाइने राष्ट्र बैंकको व्यवस्था छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411