.jpg)
काठमाडौं । विहीबार नेप्से परिसूचक ५.७९ अङ्कले बढेको छ । बजार खुलेदेखी घटीरहेको नेप्से परिसूचक व्यापारको मध्यान्तर देखी सुधारीएको हो । सो दिन २ घण्टा १५ मिनेट पछि सुधारिन थालेको नेप्से परिसूचक बढेर ९४९.९२ अङ्कमा पुगेर बन्द भएको छ । बैङ्किङ, वीमा र ‘अन्य’ समूह बाहेक बाँकी समूहको परिसूचक घटेपनि समग्र नेप्से परिसूचक भने उकालो लागेको हो ।
विहीबार नेप्सेमा व्यापार भएका १ सय १९ कम्पनीमध्ये ४६ कम्पनीको शेयरमूल्य बढ्यो, ५२ कम्पनीको शेयरमूल्य घट्यो र २१ कम्पनीको शेयरमूल्य स्थिर रह्यो । सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ८८ अङ्क रहेको छ । यसले बजार वियरीश प्रवृत्तिमा रहेको देखाउँछ । नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) अहिले न्यूट्रल जोन अथवा ५६ दशमलव ३५ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद र विक्री चाप सामान्य रहेको देखाउँछ ।
अघिल्लो दिनको तुलनामा व्यापारमा आएका शेयर सङ्ख्या ६१।९७ र कुल कारोबार रकम ६८।५४ प्रतिशतले बढेको छ । बुधबार नेप्सेमा १ हजार ४ सय ६४ व्यापारबाट १ सय १९ कम्पनीको ४ लाख ६१ हजार ७ सय १० कित्ता शेयर खरीदविक्री हुदाँ १९ करोड ७६ लाख रकम कारोबार भयो ।
सो दिन स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको सर्वाधिक रू।४ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री भयो ।
नेपाल लाइफको एक करोड ४० लाख र ग्लोबल आइएमइको एक करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बाँकी कम्पनीको कारोबार करोडभन्दा कम छ ।
कुमारी बैंक, फस्र्ट माइक्रोफाइनान्स, सृजना फाइनान्स, सिटी डेभलपमेन्ट बैंकलगायतका कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । गुमाउनेमा सिद्धार्थ डेभलपमेन्ट, वेस्टर्न डेभलपमेन्ट, अरुणभ्याली, आरएमडिसीलगायतका कम्पनीका लगानीकर्ता छन् ।
बैंकिङ, बिमा र अन्य वाहेक सबै सुचक घटेका छन् । अन्य सुचक ८.२३ अंक, बैंकिङ ८.९९ र बिमा ६.९२ अंकले बढेको छ । सबैभन्दा वढी होटल र जलविद्युत् समूह घटेको छ ।