सिटिजन्स बैंकले ३ महिनामा ४२ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमायो

मंगलवार, कार्तिक २०, २०७५ साल,
काठमाडौं । सिटिजन्स बैंकले नेपाल चालू आर्थिक वर्षको तीन महिना अवधिमा ४२ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ३४.३८ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ३४ करोड ३५ लाख वितरण योग्य नाफा आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम ३१ करोड ९० लाख रहेको थियो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट ८ करोड ७८ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले कर्जा लगानी २१.९९ प्रतिशतले बढाउँदा निक्षेप संकलन ५८ प्रतिशतले बढाएको छ । त्यसैगरि निक्षेप संकलनमा ५२ अर्ब ७७ करोड ५१ लाखबाट ८३ अर्ब ३८ करोड ७२ लाख तथा कर्जा परिचालन ४९ अर्ब ९ करोड ७ लाखबाट ५९ अर्ब ८८ करोड ३६ लाखमा बढोत्तरी गरेको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड ९१ लाखबाट ८ अर्ब ७ करोड ९६ लाख रुपैयाँ पुगेको छ । बैंकले १ अर्ब ६८ करोड ७९ लाखको जगेडा कोष ३ अर्ब ३२ करोड ७५ लाखमा बढाएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ०.६३ प्रतिशत, र जगेडा कोष ९७.१३ प्रतिशत बढेको छ ।

बैंकले ५६.४३ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । गत आवको प्रथम त्रैमासमा २ अर्ब १६ करोड ३३ लाख ब्याज आम्दानी गरेर १ अर्ब ४१ करोड २ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ७५ करोड ३१ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ४८ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

बैंकले गत आर्थिक वर्षको तीन महिना अवधिमा १.९९ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.२३ प्रतिशतमा झरेको छ । यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट २१ रुपैयाँ ३५ पैसामा बढोत्तरी भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ १८ पैसा रहेको छ।

बैंकको कर्जा निक्षेप अनुपात ८० प्रतिशत नजिक ७९.६२ प्रतिशत रहेको छ । गत बर्ष बैंकको कर्जा निक्षेप अनुपात ७६.५५ प्रतिशत मात्र रहेको थियो । त्यस्तै बैंकको आधार ब्याजदर ११.४७ प्रतिशत र कोषको लागत ८.७४ प्रतिशत छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411