सिद्धार्थ बैंकले कमायो ३ महिनामा ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा

सोमबार, कार्तिक १९, २०७५ साल,
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अनुसार चालू आर्थिक वर्षको तीन महिना अवधिमा ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ४३.१० प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।

एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ३१ करोड १५ लाख वितरण योग्य नाफा आर्जन गरेको उल्लेख छ । गत बर्षको तुलनामा यस बर्ष १८ करोड ८ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट २१ करोड ३४ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

बैंकको चुक्ता पूँजी ६ अर्ब ८४ करोड ४९ लाखबाट ८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकले ४ अर्ब ८२ करोडको जगेडा कोष ५ अर्ब ७८ करोडमा बढाएको छ ।

त्यसैगरि निक्षेप संकलनमा ७७ अर्ब ८७ करोडबाट ९९ अर्ब ९० करोड ७७ लाख तथा कर्जा ६९ अर्ब ६९ करोड ९४ लाखबाट ९० अर्ब ६७ करोड २० लाखमा बढोत्तरी गरेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप २८.७४ र कर्जा ३०.०९ प्रतिशतले  सुधार भएको छ । बैंकको चुक्ता पूँजी २३.६६ प्रतिशत, र जगेडा कोष १६.५७ प्रतिशत बढेको छ ।

यस अवधिमा सिद्धार्थ बैंकले ३ अर्ब ७ करोड ब्याज आम्दानी गरेर १ अर्ब ८३ करोड ब्याज खर्च गरेको छ । जसबाट उसले १ अर्ब २४ करोड १९ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ७३ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६७.८७ प्रतिशतले सुधार भएको छ । गतआर्थिक वर्षको तीन महिना अवधिमा बैंकमा २।०१ खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर १.४० प्रतिशतमा झरेको छ,

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ७ पैसाबाट २४ रुपैयाँ ८१ पैसामा बढोत्तरी भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा रहेको छ।

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात ७९.४७ प्रतिशत रहेकोले थप कर्जा प्रवाह गर्न निक्षेपमा बढोत्तरी गर्नुपर्ने देखिन्छ । गत बर्ष बैंकको कर्जा निक्षेप अनुपात ७८.३६ प्रतिशत रहेको थियो ।

त्यस्तै बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत र कोषको लागत ७.२० प्रतिशत छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411