‘भारतको अमुल नेपालमा आयो भने नीजि क्षेत्रको ३० अर्ब लगानी डुब्छ’

आईतवार, कार्तिक १८, २०७५ साल,
काठमाडौं । भारतीय डेरी अमुलले नेपालमा प्लान्ट खोल्ने विषयले तरंगित बनेको नेपाली डेरी व्यवसायीले अमुल आए नीजि क्षेत्रको ३० अर्ब लगानी डुब्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधा कृष्ण सापकोटाले दुधमा आत्मनिर्भर  बन्दै गएको नेपालमा विदेशी उद्योग आए नेपालको डेरी व्यवसाय नै धरासायी बन्ने चेतावनी दिए ।

हाल प्रतिदिन ४९ लाख लिटर दुध उत्पादन हुँदै आएको बताउँदै उनले भने, ‘हामी अमुल नेपाल आउने कुराको घोर विरोध गछौं । सरकारलाई पटक—पटक भनेका छौ, अमुलले नेपालमा प्लान्ट खोले नीजि क्षेत्रको ३० अर्ब लगानी रहेको यस क्षेत्र डुब्छ । दुधमा विदेशी लगानी आवश्यक छैन ।’

 यस्तै उनले विदेशमा निर्यात हुँदै आएको छुर्पी केही समयदेखि बन्द भएको भन्दै त्यसलाई तत्काल खुलाउन पनि माग गरे ।

भारतीय डेरी नेपाल आए त्यसले उतैबाट कच्चा दुध र पाउडर आयात गर्ने र देशलाई थप परनिर्भरता तर्फ धकेल्ने भन्दै व्यवसायीहरु त्यसको विरोध गर्दै आइरहेका छन् ।

 नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदा भारतले नेपालको कृषि क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यही अनुसार अमुलले नेपालमा मिनि प्लान्ट खोल्ने विषयले चर्चा पाएको थियो ।

भारतमा दैनिक २५ लाख लिटर दुध संकलन गरिरहेको अमुलसँग ६ लाख ९४ हजार दुध उत्पादक जोडिएका छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411