सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने

बिहीवार, कार्तिक १५, २०७५ साल,
काठमाडौं । गत आर्थिक बर्षको लाभांश घोषणा गर्न वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक पहिलो बनेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याइसकेको बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेको छ ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले एक अर्ब १२ करोड एक लाख ७५ हजार रुपैयाँ लाभांश बापत वितरण गर्नेछ । हाल बैंकको चुक्ता पूँजी आठ अर्ब १२ लाख ५५ हजार रुपैयाँ छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण हुनेछ ।

सानिमा बैंकको गत आर्थिक बर्षमा एक अर्ब ६९ करोड ३६ लाख रुपैयाँ लाभांश क्षमता बनाएको थियो । बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी २१ रुपैयाँ १७ पैसा कायम भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411