माछापुच्छ्रे बैंकले तीन महिनामा ३८ करोड रुपैयाँ नाफा कमायो

बिहीवार, कार्तिक १५, २०७५ साल,
काठमाडौं । माछापुच्छ्रे बैंक चालू आर्थिक बर्षको प्रथम त्रैमासिक प्रतिवेदन प्रकाशन गरेको नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा ३८ करोड ७९ लाख वितरण योग्य नाफा आर्जन गरेको जनाएको छ । गत बर्ष यसै अवधिमा बैंकले २८ करोड ९ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । बैंकले गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ४८.४४ प्रतिशतले वितरण योग्य नाफा बढाएको हो ।

एनएफआरएस अनुसार वित्तीय विवरण अनुसार माछापुच्छ्रेले प्रथम त्रैमासमा ३७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ । गत बर्ष यसै अवधिमा बैंकले २५ करोड ३ लाख कमाएको थियो ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख छ भने जगेडा कोषमा दुई अर्ब ६९ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

त्यसैगरि बैंकले २ अर्ब ३५ करोड ४७ लाख ब्याज आम्दानी गरेर एक अर्ब ५१ करोड २१ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले ८४ करोड २५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले ५६ करोड ९७ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले गत बर्ष रहेको ६० अर्ब ३० करोड निक्षेप संकलनलाई बढाएर ७७ अर्ब ९८ रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जातर्फ ५४ अर्ब ९२ करोडबाट ७१ अर्ब ८० करोडमा बढोत्तरी गरेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ०.४५ प्रतिशत, जगेडा कोष १०६.९३, निक्षेप २९.३३ प्रतिशत, कर्जा ३०.७३, खुद ब्याज आम्दानी ४७.९० प्रतिशतले सुधार गरेको छ ।

बैंकको खराब कर्जा  ०.४७ प्रतिशतमा बढेको छ, प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४६ पैसामा बढोत्तरी भएको छ । त्यस्तै बैंकको आधार ब्याजदर ११.२१ प्रतिशत र कोषको लागत ७.९९ प्रतिशत छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411