दुनियाँ कै पहिलो फाइभ जी फोन छिट्टै लन्च हुने, के छ विशेषता

सोमबार, कार्तिक १२, २०७५ साल,

एजेन्सी । विश्वभरका मानिसहरुले फोर जी स्पीडको सुविधा पूर्ण रुपमा उपयोग गर्न पाइसकेका छैनन, तर दुनियाँमा फाइभ जी ल्याउने तयारी सुरु भइसकेको छ । खबरका अनुसार छिट्टै नै दुनियाँको पहिलो फाइभ जी फोन लन्च हुदैछ । यसको सुरुवात प्रविधिमा अगाडि रहेको देश चीनले गर्दैछ ।

चीनको कम्पनी शाओमीले २५ अक्टोबरमा बेइजिङमा हुने एक कार्यक्रमका अवसरमा ‘एमआई मिक्स ३’ स्मार्टफोन लन्च गर्नसक्ने बताइएको छ । यो दुनियाँको पहिलो फाइभ जी फोन हुनेछ ।

लन्चभन्दा पहिले कम्पनीले यसको कुनै न कुनै जानकारी लीक गरिरहेको छ । हालसम्म आएको जानकारी अनुसार १० जीबी र्यामदेखि फाइभ जी सपोर्टसम्म ‘एमआई मिक्स ३’ लाई आकर्षक फिचरका साथ पेश गरिने बताइएको छ । नेपाल र भारतमा यसको सुरुवात कहिलेबाट हुन्छ भन्ने कुराको बारेमा जानकारी भइसकेको भने छैन ।

शाओमीका अनुसार, यसको १० जीबी र्याम भेरिएन्ट केही बजारमा मात्र उपलब्ध गराइनेछ । यो फोन दुनियाँको पहिलो फाइभ जी सपोर्टवाला कमर्शियल स्मार्टफोन हुनेछ । साथै यसमा थि« डी फेशियल रिकग्निसन सिस्टम हुनसक्ने बताइएको छ । डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र हाई स्कीन रेस्योजस्ता फीचर्स पनि उक्त फोनमा हुनेछ ।

फोनमा २४ मेगापिक्सलको ड्यूल फ्रन्ट क्यामेरा हुने बताइएको छ । यो फोनको सुरुवाती मूल्य ३ हजार ७९९ चिनियाँ युआन अर्थात् करिब ६५ हजार रुपैयाँ पर्नेछ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411