नेप्से साढे १० अंकले घट्यो, २४ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार

सोमबार, कार्तिक १२, २०७५ साल,
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.५६ अंकले घटेको छ । ०.८६ प्रतिशतले घटेको नेप्से परिसूचक १२१६.९३ बिन्दूमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज९नेप्से०का अनुसार समग्रमा २४ करोड ९१ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो आइतबार समग्रमा ३२ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यसरी नेप्से परिसूचकको कारोबार अघिल्लो दिनको तुलनामा आज करीब ८ करोडले घटेको हो ।

आज १ सय ६० कम्पनीका ९ लाख ८७ हजार ३ सय २१ सेयर कित्ता खरिद विक्री भएका छन् ।

आज सबै समूह राताम्मे भएका हुन् । बैंकिङ समूह ९.२५, बिकास बैंक समूह १२.१६, वित्तीय समूह ३.०१ र माइक्रोफाइनान्स समूह ९.४ अंकले घटेका हुन् ।

यस्तै बीमा समूह अन्तर्गत लाइफ इन्सुरेन्स ११.९७ अंकले घटेको छ भने नन् लाइफ इन्सुरेन्स समूह ७५.६७ अंकले घटेको छ ।

जलविद्युत समूह १४.४४, होटेल समूह ४८.७६, उत्पादन मूल्क समूह ११.०८ र अन्य समूह ७.२६ अंकले घटेका छन् ।

आज सबै भन्दा बढी कारोबार गोर्खाज फाइनान्सले गरेको छ । फाइनान्सले आज २ करोड ५७ लाख ८५ हजार रुपैयाँ बराबरको ट्रनओभर गरेको हो ।

रिद्धि हाइड्रो डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आज सबैभन्दा बढी कमाई गरेका छन् । कम्पनीका लगानीकर्ताले ७.८४ प्रतिशतले कमाई गरेका हुन् ।

राइर्याङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबै बढी गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७.८७ प्रतिशतले गुमाएका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411