नेप्से १३ अंकले घट्यो, ३२ करोड ६४ लाख रुपैयाँको कारोबार

आईतवार, कार्तिक ११, २०७५ साल,
काठमाडौं । नेप्से परिसूचक आइतबार १३ अंकले घटेको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभावसँगै केही दिनयता नेप्से परिसूचक ओरालो लागिरहेको छ। यस दिन १६० कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको कारोबार भयो।

यस दिन होटल समूह १ अंकमुनि हरियो रहे पनि अरु सबै समूह रातो अंकमा रहे। बैंकिङ १५, विकास बैंक १०, जलविद्युत ९, फाइनान्स ६, निर्जीवन बीमा समूह ७९, उत्पादन ३, अन्य १, माइक्रोफाइनान्स १४ तथा जीवन बीमा समूह ४१ अंकले ओर्लिए।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २ करोड ३३ लाखको कारोबार भयो। प्रभु बैंकको २ करोड ३२ लाखको कारोबार हुँदा एनआइसी एसिया बैंकको २ करोड २८ लाखको सेयर किनबेच भयो।

नाफाका आधारमा नेपाल सेवा लघुवित्त बैंकका लगानीकर्ता अग्रस्थानमा रहे। सो कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाए। रैराङ हाइड्रोको मूल्य करिब ५ प्रतिशतले बढ्यो। आइमई जनरल इन्स्योरेन्सको मूल्य ५ प्रतिशतले घट्यो।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411