आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड, कसलाई कति कित्ता

आईतवार, कार्तिक ११, २०७५ साल,
काठमाडौं । आँखुखोला हाइड्रोपावरको आईपिओ आइतबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ४७ हजार ४०० आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् भने ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपिओ सबै आवेदकलाई १० कित्ताका दरले बाँडफाँड गरेर बाँकी रहेको शेयर फेरि गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो ।

यसअनुसार अधिकतम शेयर प्राप्त गर्ने ४७ हजार ४०० जनाले २० कित्ताको दरले प्राप्त गरेका छन् भने अन्य ३५ हजार ९१६ आवेदकले १० कित्ताका दरले साधारण शेयर प्राप्त गरे ।

आवेदनमा भएको त्रुटीका कारण ६१ वटा आवेदकबाट परेको १६ हजार २८० कित्ताको आवेदन रद्ध भएको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा ८३ हजार ३१६ जना लगानीकताबाट ४.४३ गुणा बढी आवेदन परेको थियो ।

कर्मचारीका लागि २७ हजार ५२० कित्ता शेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता शेयर मात्र किनेका छन् । कर्मचारीले नकिनेको २७ हजार ४६१ कित्ता शेयर समेत सर्वसाधारण आवेदकलाई वितरण गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले स्थानीयबाट अवितरण सहित निष्काशन गरेको कूल १३ लाख ७६ हजार २० कित्ता आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।

बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयर सर्वसाधारणमा कम्पनीले असोज २३ गतेदेखि निष्काशनमा ल्याएको थियो । कर्मचारीहरुलाई छुट्टाएर अवितरित भएको २७ हजार ४६१ कित्ता सहित १३ लाख ७ हजार १६० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको साधारण शेयर पश्चात ८० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411