माथिल्लो तामाकोशीको आइपिओमा यसअघि भरेकाले आवेदन दिन नपाउने

बुद्धबार, कार्तिक ७, २०७५ साल,
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही कात्तिक १५ गतेदेखि आम सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । दशैंमा कम खर्च गरेर पैसा जोगाउनु भएको छ भने तपाईका लागि सो आयोजनाको शेयर खरिदमा थप सहज हुनेछ ।

किनकि सो आयोजनाले शेयर खरिद गर्न चाहनेलाई न्यूनतम ५० कित्ता अर्थात् ५ हजार रुपैयाँदेखि अधिकतम १ हजार कित्ता अर्थात् १ लाख रुपैयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

दशैं र तिहारको छेको पारेर आयोजनाले साधारण शेयर बिक्री गर्न लागेको हो । आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ ।

शेयर खरिद प्रक्रियामा यस अघि सहभागी भएकालाई भने आम सर्वसाधारणको रुपमा शेयर खरिद गर्न पाउने छैनन् । जस्तो कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका रुपमा यस अघि नै शेयर खरिद गरेकाले यस पटक आवेदन दिन पाउने छैनन् । उनका परिवार, आफन्त, नाता गोताकाले भने सहजै रुपमा शेयर खरिद गर्न पाउँछन् ।

यस्तै नेपाल विद्युत् प्राधिरकणका कर्मचारी, ऋण लगानीकर्ता कम्पनीका कर्मचारीले पनि यस पटक शेयरमा आवेदन गर्न पाउने छैनन् । कर्मचारी सञ्चय कोषले सो आयोजनामा ऋण लगानी गरेको छ । कोषका कर्मचारीले पनि सर्वसाधारणको रुपमा शेयर लगानी गर्न पाउने छैनन् ।

त्यसबाहेक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलका कर्मचारीले यसअघि शेयरमा आवेदन नगरेको भए आवेदन दिन पाउनेछन् । तर एउटै प्रकृतिको धितोपत्र एउटै व्यक्तिले भने खरिद गर्न पाउने छैनन् ।

आयोजनाले एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर ९आइपीओ० आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्न लागेको छ ।

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ ।

यस्तै, आयोजना प्रभावित दोलखाबासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री गरिसकेको छ ।

तेस्रो चरणमा आयोजनाले आम सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरका लागि न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । धितोपत्र निश्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।

कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड रहेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411