माउन्टेन र युनियन हाइड्रोले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन

बिहीवार, असोज २५, २०७५ साल,

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेड र युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।

माउन्टेन हाइड्रोले यसअघि स्थानियका लागि आईपीओ निष्कासन गर्दा विक्री हुन नसकेको ५ लाख ६६ हजार १ सय १० कित्ता सहित सर्वसाधारणका लागि १८ लाख १६ हजार १ सय १० कित्ता आईपीओ निष्कासनका लागि असोज १५ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

युनियन हाइड्रोपावरले यसअघि स्थानियका लागि आईपीओ निष्कासन गर्दा विक्री हुन नसकेको ६ लाख २१ हजार ७ सय ९० कित्ता सहित सर्वसाधारणका लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता आईपीओ निष्कासनका लागि असोज २१ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको विक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411