भोलिबाट खाद्य संस्थानले खसीबोका र च्याङ्ग्रा बेच्ने, बजार मूल्यभन्दा कति सस्तो ?

बुद्धबार, असोज २४, २०७५ साल,
काठमाडौं । खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा भोलीबाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । संस्थानका अनुसार आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँदैछन् ।

बुधबार बेलुकासम्म हेटौैंडाबाट पहिलो चरणमा १ सयभन्दा बढी खसीबोका काठमाडौं आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार म्याग्दीमा ल्याएर राखिएका मुस्ताङका च्याङ्ग्रा आज लोड गरेर भोलि बिहानसम्म काठमाडौं आइपुग्नेछन् । च्याङग्रा पनि पहिलो चरणमा १ सयकै हाराहारीमा ल्याइँदै छ ।

एकैपटक ल्याउँदा ढुवानीमा समस्या हुने र क्षतिको पनि खतरा हुने भएकाले चरणबद्ध रुपमा ल्याउन लागिएको हो । दशैंलाई लक्षित गरेर संस्थानले काठमाडौंको हकमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसी, बोका र च्याङ्ग्रा विक्रि गर्दै आएको छ ।

काठमाडौं भित्रिने खसीबोका र च्याङ्ग्रा खाद्य संस्थानको बाग्मती अञ्चल कार्यालय थापाथलीबाट बिक्री वितरण गरिनेछ । यस वर्ष एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने संस्थानको योजना छ ।

अघिल्लो वर्ष पनि संस्थानले एक हजार पाँच खसीबोका र एक हजार च्याङग्रा ल्याएको थियो । संस्थानले जिउँदो खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने बताए पनि मूल्य भने निर्धारण गरिसकेको छैन ।



 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411