आँखुखोला हाइड्रोको १४ करोडको आईपिओ खुल्यो, यस्ता छन् आवेदन गर्ने स्थान

मंगलवार, असोज २३, २०७५ साल,
काठमाडौं । आँखु खोला हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ।

कम्पनीले धादिङ्गका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको एक लाख ७६ हजार २० कित्ता अवितरित शेयर समेत गरि कम्पनीले सो रकमको आईपिओ जारी गर्न लागेको जनाएको छ।

आँखु खोलाले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोष र कर्मचारीलार्इ छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । आर्इपिओको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

यस आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १७ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । तर स्थानीयबाट ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।





 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411