नेप्से ६.१६ अंकले बढ्यो, ३७ करोडको कारोबार

सोमबार, असोज २२, २०७५ साल,
काठमाण्डौ । साताको पहिलो दिन दोहोरो अंकले घटेको नेप्से परिसूचक दोश्रो दिन सोमबार भने सुधार भएको छ । आज नेप्से परिसूचक ६.१६ अंकले बढेको छ । ०.५१ प्रतिशतले परिसूचक बढ्दा १२२०.५२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ सय ६३ कम्पनीका १४ लाख ५१ हजार ५ सय ७२ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको नेप्से परिसूचक अनुसार जलबिद्युत समूहबाहेक सबै समूह बढेका छन् । जलविद्युत समूह ३.०४ अंकले घटेको हो ।

त्यसैगरी, बैंकिङ समूह ७.७८, होटल समूह ४८.४३, विकास बैंक समूह १२.०७, वित्तीय समूह १.९२, निर्जीवन बीमा समूह २१.२८, उत्पादनमूलक समूह १३.५६, माइक्रोफाइनान्स ७.७९, जीवन बीमा समूह ६.३३ र अन्य समूह ६.९४ बढेका हुन् ।

यसैगरी, आज नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९६ प्रतिशतले कमाई गरेका छन् भने मञ्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३.०० प्रतिशतले गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411