१३ अंकले घट्यो नेप्से, ४० करोडको कारोबार

आईतवार, असोज २१, २०७५ साल,

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १३.०१ अंकले घटेको छ । १.०६ प्रतिशतले परिसूचक घट्दा १२१४.३६ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ६० कम्पनीका १३ लाख ३७ हजार ५ सय २६ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा ४० करोड ७५ लाख १ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको नेप्से परिसूचक अनुसार उत्पादनमूलक र अन्य समूह बाहेक सबै समूह घटेका हुन् ।

बैंकिङ समूह १३.५२, होटल समूह ३७.२२, विकास बैंक समूह २१.२२, जलविद्युत समूह २.८३, वित्तीय समूह ५.८८, निर्जीवन बीमा समूह १०२.२५, माइक्रोफाइनान्स १८.८६ र जीवन बीमा समूह ५४.२९ अंकले घटेका हुन् ।

आज उत्पादनमूलक समूह २.५९ र अन्य समूहले ०.९२ अंकले बढेका हुन् । यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले २ करोड ६ लाख १८ हजार ३१ रुपैयाँको कारोबार भएको छ ।

यसैगरी नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९८ प्रतिशतले कमाई गरेका छन् भने लक्ष्मी लघुबित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी ९.९३ प्रतिशतले गुमाएका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411