​सोमबार नेप्से ९१६ अंकमाथि, ३७ करोडको सेयर किनबेच

सोमबार, मंसिर २९, २०७१ साल,
मंसिर २९, काठमाडौं । साताको पहिलो दिन आइतबार ३९.३८ अंकले उकालो लागेको शेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । सोमबार शेयर बजार ६.४७ अंकले बढेको हो ।

यसरी बढ्ने क्रममा नेप्से परिसूचक सोमबार ९१६.७४ अंकमा पुगेको छ । यस खासगरी बैंक, हाइड्रोपावर र इन्स्यूरेन्स कम्पनीको शेयरमा सुधार आएपछि नेप्से उछालिएको हो ।

नेपाल स्टक एक्स्चेञ्चमा कारोबार गर्ने विभिन्न ९ समूहमध्ये ७ समूहको कारोबार बढेको छ । टे्रेडिङ र विकास बैंक समूहको परिसूचक भने क्रमशः ३.२१ र ०.१७ अंकले घटेको हो ।

सोमबार बैंकिङ समूहको सूचक ६.७९ अंकले बढेको छ भने होटल समूहको ६.८८ अंक, हाइड्रोपावर समूहको १२.०४ अंक, फाइनान्स समूहको ४.०९ अंक, इन्स्योरेन्स समूहको ४९।०३ अंक, निर्माण तथा उत्पादनमूलक समूहको ५.५९ र अन्य समूहको ३.५२ अंकले बढेको छ ।

सोमबार स्टकमा ३५ करोड ७२ लाख ३३ हजार रुपैयाँ बराबरको ८ लाख ८३ हजार ४७ कित्ता शेयर किनबेच भएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411