नेप्से दश अंकले ओर्लियो, ५८ करोड रुपैयाँको सेयर किनबेच

आईतवार, असोज १४, २०७५ साल,
काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १० अंकले झरेको छ। आजको कारोबारपछि नेप्से १२५६ अंकमा कायम भएको छ। १६७ कम्पनीको ५८ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भयो। बजारको पुँजीकरण १४ खर्ब ९६ अर्ब कायम भएको छ।

व्यापार १ अंकले बढे पनि अरु सबै समूह ओर्लिएका छन्। बैंकिङ ९, होटल ३५, विकास बैंक २२, जलविद्युत १, फाइनान्स ३, निर्जीवन बीमा समूह ५८, उत्पादन ३५, अन्य ५, माइक्रोफाइनान्स १५ र जीवन बीमा समूह १९ अंकले ओर्लिए।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ४९ लाखको कारोबार हुँदा दोस्रोमा रहेको सोल्टी होटलको ५ करोड तथा एनआइसी एसिया बैंकको ३ करोड १६ लाखको कारोबार भयो।

साल्ट ट्रेडिङ तथा बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशत मूल्य कमाए। महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत गुमाए।

आरएसडिसी लघुवित्तले ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद लाभांश दिने भएको छ। युनिलिभरको कात्तिक ६ गते वार्षिक साधारणसभा बैठक बस्ने भएको छ। असोज २२ देखि कात्तिक ६ गतेसम्म कम्पनीको सेयर लगत किताव बन्द हुनेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411