चार दिनमा ३ अर्ब ३० करोडको सेयर कारोबार

शुक्रबार, असोज १२, २०७५ साल,
काठमाडौं । सातामा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत आइतबारदेखि बिहीबारसम्म जम्मा ४ दिनमा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँ सेयर कारोबार भएको हो ।

गत सोमबार भने सार्वजनिक बिदा भएकाले सातामा ४ दिन मात्रै सेयर कारोबार भएको थियो । यि चार दिनमा नेपाल स्टक एक्सचेन्जमा १ सय ८९ कम्पनीहरुको ३२ हजार ६ सय २ वटा कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो साताको भन्दा २६.०२ प्रतिशत बढी हो । गत साता १ सय ८९ कम्पनीहरुको २७ हजार ७ सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरका ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

कारोबार रकमका आधारमा प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ । यस साता कारोबार रकम २३ करोड ३६ लाख १० हजार रुपैयाँको आधारमा प्रभु बैंक अग्रस्थानमा देखिएको हो ।

त्यसैगरी कारोबार भएको सेयर संख्या ३० लाख ८५ हजार कित्ताको आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ भने कारोबार संख्या १ हजार ८ सय २७ वटा को आधारमा प्रभु बैंक नै अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक पछि एनआइसी एसिया बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड क्रमशः दोस्रो, तेस्रो चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411