नेप्से कारोबार रकमसहित साढे १० अङ्कले घट्यो

बिहीवार, असोज ११, २०७५ साल,
काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशमलव ८३ प्रतिशतले घटेको छ । कारोबार भएको केहि मिनेटदेखि घट्न थालेको बजार आधा घण्टादेखि उकालो लागेर एक घण्टासम्म बढेको थियो । त्यसपछि ओरालो लागेको बजार दिनभर घटेर बन्द भएको छ ।

१ हजार २ सय ७७ विन्दुबाट शुरु भएको परिसूचक १ हजार २ सय ७८ विन्दुभन्दा माथि पुग्न सकेन । दिनभरको कारोबार पछि बजार अन्त्यमा १० दशमलव ५६ अङ्कले घटेर १ हजार २ सय ६७ दशमलव १८ विन्दुमा पुगेर बन्द भएकोे छ ।

कारोबार भएका १० समूहको परिसूचकमा होटल समूहको शून्य दशमलव ६८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १४ प्रतिशतले बढेको छ भने बाँँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । जलविद्युतको १ दशमलव ५१, निर्जिवन बीमाको १ दशमलव १२ र बैङ्किङको परिसूचक १ दशमलव ११ प्रतिशतले घटेको छ ।

कारोबार भएका १ सय ६९ कम्पनीको ६ हजार ६ सय ५७ पटकको व्यापारमा २१ लाख ९६ हजार ९ सय २६ कित्ता शेयरको रू।५७ करोड ३८ लाख बराबरको कारोबार भएको छ । नेप्सेमा सर्वाधिक शेयर कारोबार हुने १० कम्पनीमा प्रभु बैङ्कको प्रतिकित्ता रू।२ सय ३९मा रू।४ करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर, नेपाल बैङ्क, एनएमबि बैङ्क, एनआइसि एशिया, नेशनल हाइड्रोपावर, महालक्ष्मीको संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैङ्क र कुमारी बैङ्कको रू।१ करोडदेखि ४ करोडसम्मको शेयर कारोबार भएको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशतले बढेर प्रतिकित्ता रू।८९ मा कारोबार भएको छ । बोटलर्स नेपाल तराईको शेयर मूल्य ४ प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनरको शेयर मूल्य ५ दशमलव ९० प्रतिशतले घटेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411