सेयर बजार २ अंकले बढ्यो, ७० करोडको कारोबार

आईतवार, असोज ७, २०७५ साल,

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार उकालो लागेको छ । आइतबार सेयर बजार २ दशमलव ६१ अंकले उकालो लागेको हो ।

सेयर बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सुधार देखिएको छ । सेयर कारोबार रकम करिब ७० करोड रुपैयाँ पुगेको छ ।

दिनभरमा १ सय ६७ कम्पनीको ५५ लाख ४९ हजार ६ सय २१ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६९ करोड ८४ लाख ९ सय ६७ रुपैयाँ पुगेको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको ७ करोड ४ लाख ६२ हजार ९९ सय रुपैयाँको सेयर कारोबार भएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411