साताको पहिलो दिन नेप्से ५ अंकले बढ्यो, २० करोड रुपयौको कारोबार

आईतवार, चैत्र २९, २०७१ साल,
काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उतार चढाव देखिएको छ । झन्डै ११ अंकसम्म बढेको सेयर बजार लगानीकर्ताहरुले सेयर विक्री गर्न थालेपछि जम्मा ५.१४ अंकले मात्र बढेर बृद्धि भएको छ ।

सेयर बजार बृद्धि भएपछि ह्वात्तै वढेको कारोबार रकम उतारचढाव देखिएपछि केही थामिएको थियो । दिनभरीमा २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५.१५ अंकको बृद्धिसँगै ९५२ अंकमा उक्लिएको छ ।
 Nepal Stock
दिनभरीमा १३४ कम्पनीका चार लाख ३० हजार ३३९ कित्ता सेयर किनबेच भएका छन् । तीन कम्पनीको सेयर करोडमाथि भएको छ । नेशनल लाइफको तीन करोड ८० लाख, नेपाल लाइफको एक करोड ४० लाख र प्रभु बैंकको एक करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 
 
चिलिमेको ९० लाख, ग्लोबल आइएमइ बैंकको ८७ लाख ५२ हजार, सानिमा बैंकको ८६ लाख, नेशनल हाइड्रो पावरको ५३ लाख र सिद्धार्थ बैंकको ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाँकी कम्पनीको सेयर कारोबार ५० लाखभन्दा तलै भएको छ ।
 
सुरुवातमा सबै उपसुचकहरु बढेपनि बजार बन्द हुँदा होटल समूह भने घटेको छ । मूख्य गरी अन्य र बैंकिङ समूहले बजारलाई अगाडि वढाएका हुन् । सबैभन्दा वढी जलविद्युत् १३.३७ अंक, बिमा १३.०९, उत्पादनमूलक १२.६ अंकले बढेको छ । बिमाले सुरुमा बजारलाई माथि पुर्याएको थियो, पछि भने बिमा सुचकमा गिरावट आएको हो ।
 
बैंकिङ ५.९३ अंक, व्यापार ६.८४, विकास बैंक १.१५, फाइनान्स ०।.९ अंकले बढेको छ । अन्य सुचक पनि ५.८८ अंकले बढेको छ ।
 
बजार बढ्दा पनि युनिक फाइनान्स, नेको इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, कालिञ्चोक डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट, अरनिको डेभलपमेन्ट, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल बैंक, रिडि हाइड्रो, वोटलर्स नेपाल तराईलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् । 
 
कमाउनेमा जानकी फाइनान्स, कन्काइ विकास, एनएलजी इन्स्योरेन्स, नागवेली लघुवित्त, कर्णाली डेभलपमेन्ट, विशाल बजार कम्पनी, एनसिसी बैंक, मेट्रो डेभलपमेन्ट, सिद्धार्थ इन्स्योरेन्स र सुभेच्छा किवास बैंकलगायतका कम्पनीका लगानीकर्ता छन् । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411