नेप्से ३.७४ अंकले घट्यो, साढे ५५ करोड रुपैयाँको शेयर किनबेच

बिहीवार, असोज ४, २०७५ साल,
काठमाडौं। बिहीबार शेयर बजार तिब्र उतार चढावसँगै ३.७४ अंकले घटेको छ। कारोबार सुरु भएको केहि मिनेटमै रातो देखिन थालेको शेयर बजार ९ अंकसम्म ओरालो लागेको छ।

 बजार अन्तिममा भने ०.३० प्रतिशतले घट्यो। त्यस्तै होटल, विकास बैंक र अन्य सूचक हरियो भए पनि बैंकिङ, हाइड्रोपावर, फाइनान्स, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, माइक्रोफाइनान्सको सूचक घटेका छन्।

बजार रातो देखिए पनि कारोबार रकम भने ५५ करोड ५० लाख रुपैयाँको भएको छ। आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको ७ करोड ४६ लाख  रुपैयाँको कारोबार भएको छ।

सबैभन्द धेरै कारोबार हुने कम्पनीहरुमा आज हाइड्रोपावर, बीमा कम्पनी, माइक्रोफाइनान्स, विकास बैंक, बाणिज्य बैंकहरुको मिश्रण रहेको छ। ग्लोबल आइएमर्इ समुन्नत स्किमका इकाइधनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने सिनर्जी पावरका शेयरधनीले ५.८८ प्रतिशतले गुमाएका छन्। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411