नेपाल विज्ञापन संघमा चुनावी रन्को, अध्यक्षमा रिजाल र श्रेष्ठको उम्मेद्वारी, प्यानलको घोषणा

सोमबार, मंसिर २९, २०७१ साल,
रविन्द्रकुमार रिजाल प्यानल

काठमाडौं । नेपाल विज्ञापन संघ आनमा चुनावी सरगर्मी बढेको छ । आगामी कार्यसमिति चयनका लागि विज्ञापन व्यवसायीहरु प्यानल बनाएर चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
सन्तोष श्रेष्ठ प्यानल

आगामी कार्यसमितिको अध्यक्षका लागि रविन्द्रकुमार रिजाल र सन्तोष श्रेष्ठ भिड्दै छन् । दुवै प्यानल आ–आफ्नो नारासहित
चुनावी मैदानमा उत्रँदैछन् ।

रिजाल प्यानलको नारा ‘अबको आन हरेक विज्ञापन एजेन्सीको शान’ रहेको छ भने श्रेष्ठ समूहको नारा ‘सम्बृद्ध र सशक्त आन, हामी सबैको पहिचान रहेको छ ।’

आनको नयाँ कार्यसमिति चयनका लागि पुष ३ गते चुनाव हुँदैछ । आनको १५ औं वार्षिक साधारणसभा भएपनि यसपाली चुनावी सरगर्मीले साधारणसभाको कार्यक्रम छाँयामा परेको छ ।
 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411