दुर्इ कम्पनीका करिब १६ करोड रुपैयाँको साधारण सेयर आउने

बुद्धबार, असोज ३, २०७५ साल,
काठमाडौं । दुई कम्पनीहरुको १५ करोड ७० लाख रुपैयाँ भन्दा बढीको साधारण सेयर (आईपीओ) आउने भएको छ । शुभम् पावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीको १५ लाख ७० हजार बढी कित्ता आइपीओ आउने भएको हो ।

यस अघि शुभमले आयोजना प्रभावितका लागि आईपीओ वितरण गरिसकेको छ भने हिमालयलाई नेपाल धितोपत्र बोर्डले मंगलबार आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । शुभम्ले स्थानीय आयोजना प्रभावितले खरिद नगरेको १ लाख ८० हजार कित्तासहित ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमित माग गरेको छ ।

कम्पनीले यसअघि जेठ २० देखि असार २४ गतेसम्म संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि २ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आइपीओ १९ हजार ४२० कित्ताका लागि मात्र स्थानीयले आवेदन दिएका थिए ।

यसैगरी हिमालयले पहिलो चरणमा आयोजित प्रभावित स्थानीयको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो ।

कम्पनीले उपल्लो र अप्पर खिम्ती(२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकसहितको टोलिले लगानी गर्नेछन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411