साढे २ अंकले बढ्यो नेप्से, ४५ करोडको कारोबार

मंगलवार, असोज २, २०७५ साल,
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ । नेप्से परिसूचक २.४१ अंकले बढेको हो । ०.१९ प्रतिशतले बढेको नेप्से परिसूचक १२५८.८१ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६९ कम्पनीको सेयर कारोबार भयो । ३३ लाख ८६ हजार ४ सय २० कित्ता सेयर खरिद बिक्री हुँदा ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्सेका ३ सूचक मात्र घटेका छन् । विकास बैंक १.७१, जलविद्युत ४२.१२, निर्जीवन बीमा ७३.९५, उत्पादनमूलक समूह ८.१२, अन्य २.४२, माइक्रोफाइनान्स ९.४५ र जीवन बीमा १९.६१ अंकले बढेका छन् । बैंकिङ २.१३, होटल २५.९३ र वित्तीय १.८५ अंकले घटेका छन् ।

आज बजार बढेका दिन अरुण कावेली पवारका लगानीकर्ताले ९.८४ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने ४.८३ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411