नेप्से परिसूचक ११.६९ अंकले बढ्दा ९१ करोडको कारोबार

आईतवार, भाद्र ३१, २०७५ साल,
काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बद्धि भएको छ । कारोबार रकममा पनि उल्लेख्य बृद्धि भएको छ ।

आज नेप्से परिसूचक ११.६९ अंकले बढेको छ । ०.९४ प्रतिशतले बढ्दा परिसूचक १२५६.५३ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १६६ कम्पनीले कारोबार गरे । ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर कित्ता किनबेच हुँदा ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक हरियो देखिएका छन् । बैंक १३.७१, होटल ४.३५, विकास बैंक २०.८९, जलविद्युत ६.५४, फाइनान्स ३.११, निर्जीवन बीमा २०.१८, उत्पादनमूलक २६.५१, अन्य ०.५४, माइक्रोफाइनान्स ८.३१, जीवन बीमा ४८.५ अंकले बढेका छन् ।

भार्गव विकास बैंकका लगानीकर्ताले बजार बढेको दिन ९.५२ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८० प्रतिशतले घाटा व्यहोरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411