नेप्से १३ अंकले बढ्यो, ४३ करोड रुपैयाँको शेयर कारोबार

बुद्धबार, भाद्र २७, २०७५ साल,

काठमाडौं । साताको तेश्रो दिनबाट उकालो लाग्न थालेको नेप्से परिसूचक आज चौथो दिन बुधबार पनि बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज बुधवार १३.०६ अंकले बढेको हो । १.०७ प्रतिशतले परिसूचक बढ्दा १२३०.७१ बिन्दुमा पुगेको छ ।

सेयर बजारमा आज १६५ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ९३ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका ३ सूचक राता देखिएका छन् भने बाँकी सूचकमा हरियाली छायो । बैंक १३.९८, विकास बैंक १४.८४, हाइड्रोपावर ४.८१, निर्जीवन बिमा ११३.५२, अन्य ७।१९, माइक्रोफाइनान्स १५.८८ र जीवन बीमा ३.९८ अंकले बढेका छन् ।

त्यसैगरी, होटल समूह १.४१, फाइनान्स २.२३ र उत्पादनमूलक समूह २.६८ अंकले घटेका छन् ।

आज रिडी हाइड्रो पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२६ प्रतिशतले नाफा कमाएका छन् । यस्तै, आइसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.७८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411