किसान माइक्रोफाइनान्सको २९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा

मंगलवार, भाद्र २६, २०७५ साल,

काठमाडौं । किसान माइक्रोफाइनान्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । अघिल्लो बर्ष कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

लघुवित्त सञ्चालक समितिको भदौ २५ गते आइतबार सम्पन्न १०३ औं बैठकले चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको २९ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

किसान माइक्रोले गत आर्थिक वर्षमा एक करोड २१ लाख ८१ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानीमा १९ रूपैयाँ २५ पैसा कायम गरेको थियो ।

कम्पनीले चुक्ता पूँजी वृद्धि गर्नका लागि चार करोड ८० लाख ५० हजार रुपैयाँको दुई बराबर एक अर्थात चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न गत असार १४ गते निवेदन दिएको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411